सामाजिक संजाल:

सिमलताल पहिरोःविकका परिवारलाई भरतपुर महानगरको दुई लाख सहयोग

भरतपुर महानगरपालिकाले गत असार २८ गते नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा बससँगै त्रिशूली नदीमा बगेर ज्यान गुमाएका सुदीप विकका परिवारलाई किरिया खर्च प्रदान गरेको छ।

महानगरपालिका प्रमुख रेनु दाहालले बिहीबार विकका परिवारलाई उक्त रकमको चेक हस्तान्तरण गरेकी हुन्। पहिरोले बगाएका दुई बसमा ६२ जनाभन्दा बढी यात्री रहेका बताइको छ। बसमा यात्रा गरिरहेकामध्ये २० जनाको शव भेटिएका सुरक्षाकर्मीले जनाएका छन्।