सामाजिक संजाल:

अटोवेज प्रालिको साझेदारीमा सुर्खेत अटो सेल्सः बुल मसिन इन्डियाका कन्स्ट्रक्सन उपकरणको आधिकारिक बिक्री तथा सर्भिस हुने

अटोवेज प्रालिको विजनेस साझेदारका रुपमा कर्णाली प्रदेश, सुर्खेतमा रहेको सुर्खेत अटो सेल्सले बुल मसिन ईन्डिया प्रालिको आधिकारिक विक्रेताका रुपमा सहकार्य गरेको छ। यस सहकार्यसँगै सुर्खेत अटो सेल्सले अब कर्णाली प्रदेशमा बुल मसिन ईन्डियाका निर्माण सम्बन्धी उच्च गुणस्तरका मेसिनहरु बिक्री तथा सर्भिस उपलब्ध गराउनेछ।

वीरेन्द्रनगरमा आयोजित एक विशेष कार्यक्रमकाबीच अटोवेज प्रालिकी सिइओ सन्ध्या पौडेलले सुर्खेतमा लामो समयदेखि मोटरसाईकलको विक्रेताका रुपमा काम गर्दै आएका असिम अटोपार्टका संचालक लक्ष्मण कडेललाई कर्णाली प्रदेशका लागि सुर्खेत अटो सेल्सका माध्यमबाट बुल मसिनको आधिकारिक विक्रेताका रुपमा कार्य गर्नका लागि शुभकामना व्यक्त गर्नुभयो। बुल मसिन इन्डिया प्रालिको नेपालको आधिकारिक बिक्रेता अटोवेज प्रालिसँगको सहकार्यमा सुर्खेत अटो सेल्सले अब ४५ हर्स पावर देखि १०० हर्स पावरका ब्याकु लोडर, लोडर लगायत निर्माणकार्यमा प्रयोग हुने विभिन्न कन्स्ट्रक्सन इक्युप्मेन्टहरुको विक्री, सर्भिस र पार्टपुर्जाहरुको उपलब्धता सुनिश्चित गर्नेछ।

कार्यक्रममा उपस्थित निर्माण व्यवसायीहरुसँगको अन्तरक्रिया कार्यक्रममा बुल मसिनका कन्ट्री हेड योगेश कुमार पण्डितले मेसिनका विशेषता र उच्च कार्यक्षमताका बारेमा जानकारी दिनुभयो। सोही अवसरमा सेल्स हेड बाबुराम खनाल र पश्चिम नेपाल संयोजक खोमराज पौडेलले उपस्थित व्यवसायीहरुलाई मेसिनका विशेषता, सञ्चालनका फाइदाहरु र सर्भिसका बारेमा विस्तृत जानकारी दिनुभयो। पोखरामा मुख्य कार्यालय रहेको अटोवेज प्रालिले नेपालभर निर्माण सम्बन्धी मेसिनहरुको बिक्री बितरण गर्दै आएको छ।