कर्णाली प्रदेशको सुर्खेत जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएको प्रारम्भिक परिणामअनुसार दुवै निर्वाचन क्षेत्रमा विभिन्न दलका उम्मेदवारबीच प्रतिस्पर्धा देखिएको छ।
सुर्खेत क्षेत्र नम्बर १ मा हालसम्म १ हजार ९ सय ९० मत गणना हुँदा नेपाली काँग्रेसका उम्मेदवार अग्रस्थानमा देखिएका छन्। काँग्रेसको चुनाव चिन्ह रुखले ७ सय ९६ मत प्राप्त गरेको छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले ५ सय ४५ मत, नेकपा एमालेको सूर्यले ४ सय २७ मत, राप्रपाको ताराले ७७ मत र जनमत पार्टीको हलोले १७ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा ८४ मत बदर भएको छ।
त्यस्तै, सुर्खेत क्षेत्र नम्बर २ मा हालसम्म ७ सय ८१ मत गणना हुँदा नेकपा एमाले अग्रस्थानमा रहेको छ। एमालेको चुनाव चिन्ह सूर्यले ३ सय १६ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसको रुखले २ सय १८ मत, राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टीले १ सय २७ मत र राप्रपाको ताराले १ सय ७ मत प्राप्त गरेका छन्।