सामाजिक संजाल:

ब्राइटल्याण्ड सेकेण्डरी स्कुलमा १५ सदस्यीय शिक्षक–अभिभावक संघ गठन

सुर्खेत । वीरेन्द्रनगर–११ पिपीरा स्थित ब्राइटल्याण्ड सेकेण्डरी स्कुलले शैक्षिक सत्र २०८२/०८३ का लागि शिक्षक–अभिभावक संघ गठन गरेको छ। विद्यालयमा आयोजित भेलाले सृजना अधिकारीको अध्यक्षतामा १५ सदस्यीय शिक्षक–अभिभावक संघ सर्वसम्मत रुपमा गठन गरेको हो।

नवगठित संघको सदस्य सचिवमा सविता कंडेल चयन हुनुभएको छ। संघका सदस्यहरूमा पार्वती खड्का, प्रतिमा बोहोरा, रोजिना ढकाल, धना विसी, विष्णु खत्री, टिका सोनी, कमली चौधरी, आयुषा खातुन र कुस्मा पोखरेल रहनुभएको छ।

यस्तै, पिंकी तिरुवा, सिता महतरा, पदम कुमारी तिरुवा र विमला बास्तोलालाई पनि सदस्यका रूपमा चयन गरिएको छ।

विद्यालयले शिक्षक–अभिभावक संघ गठनसँगै शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय–अभिभावक सहकार्य सुदृढीकरण तथा विद्यार्थीको सर्वाङ्गीण विकासमा संघले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।