चपाई परिवार समाज कर्णाली प्रदेश वीरेन्द्रनगरले आज एक कार्क्रमको आयोजना गरि वंशावली पुस्तक बिमोचन गरेको छ ।
चपाई परिवार वंशावली २०८१ नाम दिईएको पुस्तकमा कर्णाली प्रदेशमा बसोबास गर्ने चपाई परिवारहरुको वंशावली समावेश गरिएको समाजका अध्यक्ष उमालाल चपाईले बताए ।

यसअघि पहिलो संस्करणको पुस्तक निकालिएपनि केही परिवारको वंशावलीमा समावेश नगरिएको पाईएपछि दोश्रो संस्करणको यश पुस्तकमा सबैलाई समावेश गरिएको र प्रत्येक वर्ष पुस्तक परिमार्जन गर्दै लैजाने लक्ष्य राखिएको उनले बताए ।
बिमोचन कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका वडा नम्बर ७ का अध्यक्ष ध्रुब कुमार चपाई, वडा नम्बर १२ का अध्यक्ष चुणामडी चपाई लगायतको उपस्थिति रहेको थियो ।
समाजका अध्यक्ष डिलाराम चपाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।