
गोविन्द रानाको उपचारका लागि आर्थिक सहयोग गरिदिन सबैमा अपिल गरिएको छ । सुर्खेत वीरेन्द्रनगर १६ गर्पन निवासी भीमबहादुर रानको कान्छा छोरा गोविन्द राना अकस्मात मुटुमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचार भइरहेको छ । चिकित्सकको सल्लाह बमोजि विरामी रानाको मुटुको तीन वटा भल्ब परिवर्तन गर्नु पर्ने देखिएको छ ।
घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि सहयोग अभियान चलाएको विरामीका आफन्त टिकाराम रानाले बताए । उनले आर्थिक अवस्थाले उपचार गर्न असंभव भएपछि सार्वजनिक रुपमा सहयोगको अपिल गरिएको बताए । मुटुको भल्ब परिवर्तनका लागि धेरै नै खर्चिलो हुने हुँदा परिवारको आर्थिक अवस्थाले उपचार गर्न कठिनाई भएकोले उनको उपचारमा सहयोग गरिदिन सबैमा अपिल गरिएको छ ।
उनलाई सहयोग गर्न चाहनेले टिकाराम रानाको Esewa Numbar : ९८४८१६६६९९, Ime Pay Numbar : ९८४८१६६६९९, Nic Asia Bank : ३५५५३३७५७७५२४००१ सहयोग रकम जम्मा गरिदिन बिरामीको परिवारले आग्रह गरेको छ।