सामाजिक संजाल:

काठमाडौं–सुर्खेतमा बुद्ध एयरको दैनिक दुई उडान हुने

एयरलाइन्सले एटिआर–७२ जहाजबाट काठमाडौं–सुर्खेत दैनिक दुई उडान गर्ने भएको छ।

बुद्धले आइतबार ( ८ डिसेम्बर) देखि दैनिक दुई उडान गर्न लागेको हो।

बुद्धले पहिलो उडान बिहान ८ बजे र दोस्रो उडान ११ः१५ बजे काठमाडौंबाट सुर्खेत उडान गर्ने बताएको छ।
यात्रुको बढ्दो माग र सुविधाका लागि बुद्धले एटिआर–७२ मार्फत दैनिक दुई उडान गर्न लागेको कम्पनीले जनाएको छ। यस अघि वुद्ध एयरले दैनिक दुई र तीन उडान गर्दै आएको थियो । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरू पनि उपलब्ध हुनेछन्।

त्यस्तै, यस गन्तव्यमा न्यूनतम भाडादर सात हजार पाँच सय रूपैयाँबाट सुरू हुने कम्पनीले जनाएको छ।